पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिप्पर एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन । घाइते मध्य केहिको अवस्था गम्भिर रहेको छ । काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराती १० बजे तिर सुनवल – ४ अल्कत्रे डाडां नजिकै ठोक्किएको हो ।
दुर्घटनामा घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिनुभयो।
सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिइ दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक भने घाइते भएका छन् ।
घाइतेहरुको नामावली र अवस्था
देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भईरहेको
१. बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम ।
(लाईसेन्स भएको, मा.प.से. नभएको), उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको ।
२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -१२ नयां बस्ने वर्ष अं. ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम ।
३. जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१० बस्ने वर्ष अं. २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य ।
५. जिल्ला बाजुरा कोल्टी न.पा.-९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य ।
६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७. ऐ.ऐ. बस्ने निजको छोरा बर्ष अं. ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य ।
८. जिल्ला नवलपुर देवचुली न.पा.-१२ गैडी बस्ने वर्ष अं. ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था सिरियस ।
ऐ. २३:२५ बजे बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर भएको ।
९. जिल्ला बर्दिया मधुबन न.पा.- ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम ।
१०. जिल्ला नवलपरासी सुनवल न.पा.- ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य ।
११. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य ।
१३. जिल्ला बाजुरा हिमाली गा.पा.-७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम ।
लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको
१४. जिल्ला बाजुरा बुढीनन्द न.पा.-१ बस्ने वर्ष अं. ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष अं. ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य ।
१६. जिल्ला बाजुरा दुर्गाथली गा.पा. -४ बस्ने वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य ।
१७. जिल्ला बाजुरा गौमुल गा.पा. -६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।